१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा

ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा
अ अ+ अ-

एथेन्स। ग्रीसको नागरिक उड्डयन प्रमुख क्रिस्टोस डिमासले बुधबार राजीनामा दिनुभएको छ। जनवरी ४ मा हवाई क्षेत्र ‘ब्ल्याकआउट’ भएका कारण घण्टौँसम्म उडानहरू अवरुद्ध भएकोप्रति जिम्मेवारी लिँदै राजीनामा दिनुभएको हो ।

राजीनामाबारे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नागरिक उड्डयन प्राधिकरण (वाइपिए) का गभर्नर जर्ज सौनात्सोसले पूर्वाधार तथा यातायातमन्त्री डिमासलाई राजीनामा बुझाउनुभएको छ।

यो घटनाबारे ग्रीस सरकारको आधिकारिक रिपोर्टले विश्वको शीर्ष यात्रा गन्तव्यहरू मध्ये एक एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अप्रचलित प्रविधि’ मा गडबडी भएको आरोप लगाएको केही घण्टापछि यो कदम चालिएको हो।

वाइपिएका अनुसार खराबी जनवरी ४ तारिखमा बिहान ८ः५९ सुरु भएको थियो । एजेन्सीका ट्रान्समिटरहरूले ‘अनैच्छिक सङ्केत’ पठाउन थालेपछि एथेन्सको हवाई क्षेत्रमा सेवा गर्ने धेरै रेडियो ‘फ्रिक्वेन्सी’हरू निरन्तरको ‘पीडादायी’ हस्तक्षेपबाट प्रभावित भएका थिए ।

गत वर्ष एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलले लगभग तीन करोड ४० लाख यात्रुहरूलाई सेवा दिएको थियोे, जुन अघिल्लो वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि हो ।

प्राविधिक गढबढीपछि सयौँ उडानहरू छिमेकी देशहरूमा डाइभर्ट गर्नुपरेको र हजारौँ यात्रुहरू प्रभावित भएका थिए। समस्याबारे पूतिक्रिया दिँदै वाइपिएले यो समस्या ‘अकल्पनीय’ भएको बताएको थियो।

अधिकारीहरूले एथेन्सको हवाई क्षेत्रमा चाँडै ट्राफिक खाली गरिएको र उडान सुरक्षामा सम्झौता नगरिएको बताएका छन्। यो प्रणाली सोही दिनको साँझ ५ बजेसम्म पूर्ण रूपमा सञ्चालनमा फर्कियो थियो भने ४५ मिनेटपछि उडानहरू पुनःस्थापित भएका वाइपिएलले जनाएको छ।

“घटनाबारे भएका अनुसन्धानमा साइबर आक्रमण वा जानाजानी तोडफोडको कुनै सङ्केत फेला परेको छैन,” वाइपिएले जनाएको थियो ।(रासस/एएफपी)