१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना

स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण

स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले कृत्रिम मानव ‘मेन्किन’ (सिमुलेसन मोडल) हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन सेवा केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीलाई सो संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले उक्त कृत्रिम मानव ‘मेन्किन’  हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा स्वास्थ्यमन्त्री डा सुधा गौतमले नेपालको स्वास्थ्य प्रणालीमा सहयोग गरेकामा धन्यवाद दिँदै नेपालको स्वास्थ्य सुधार गर्न सहयोगी संस्थाको ठूलो योगदान रहेको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनका बेला स्वास्थ्य आपतकालीन सेवा केन्द्र र यसका स्वास्थ्य उपकरणमा क्षति भएको उल्लेख गर्दै क्षति भएको उपकरण उपलब्ध गराएकामा सराहना व्यक्त गर्नुभयो । मन्त्री डा गौतमले  नर्वे र नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य जारी राख्नुपर्ने भनाइ राख्नुभयो।

नेपालका लागि  नर्वेका राजदूत डाग्नी म्योसले नेपालमा आपतकालीन प्रणालीलाई थप सेवा गर्न तयार रहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले ११ वटा कृत्रिम मानव ‘मेन्किन’ निःशुल्क रुपमा प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार नौ वटा ठूला मानिस र दुई वटा बालबालिका कृत्रिम मानव प्राप्त भएको छ । तिनलाई सात वटै प्रदेशमा एक/एकवटा र एक वटा स्वास्थ्य आपतकालीन सेवा केन्द्र र तीन वटा स्वास्थ्य तालिम केन्द्रमा राखिने  छ ।

“कम्प्युर प्रविधिबाट बनाइएका ती मेन्किनले मानिसजस्तै चिच्चाउने, हाउभाउ दिने गर्दछन्” उहाँले भन्नुभयो, “जसले गर्दा हामीलाई आपतकालीन बेला कुन तरिकाले उपचार गर्ने भन्ने कुरा ती कृत्रिम मानवबाट सिक्न सकिन्छ ।”

लेर्डल ग्लोबल हेल्थका प्रमुख कार्यकारी अधिकृत लिन्डेले नेपाल जस्तो मुलुकलाई आफूहरूले आपतकालीन स्वास्थ्य उपचारमा सहज होस् भनेर निःशुल्क उपलब्ध गराएको बताउनुभयो । मन्त्रालयका प्रवक्ता बुढाथोकीले सो संस्थाबाट प्राप्त उपकरण करिब ५० लाख बराबरका रहेको बताउनुभयो । रासस