१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसिसी दीक्षान्त समारोह सम्पन्न



अ+ अ-

सुनसरी। राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१औँ एनसिसी जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

मोरङको याङ्शिलास्थित पूर्वी तालिम शिक्षालयमा गत पुस ११ गतेदेखि सञ्चालन भएको तेस्रो चरणको तालिम आज सम्पन्न भएको हो ।

उक्त तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका १८ विद्यालयबाट सहभागी ५३१ जना विद्यार्थी दीक्षित भएको राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो पिटी, एरोबिक्स तथा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी श्रेष्ठले क्याडेटलाई राष्ट्रिय झण्डा र सेवा दलको झण्डासहित शुभकामना सन्देश दिनुका साथै शपथ ग्रहण गराउनुभएको थियो । रासस