१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’



A boat travels at the sea inlet in Nuuk, Greenland, on Tuesday, Jan. 13, 2026. (AP Photo/Evgeniy Maloletka)
अ+ अ-

एजेन्सी । ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने अभिव्यक्त इच्छापछि तीव्र भू–राजनीतिक बहसको केन्द्रमा पुगेको छ । राजधानी नुकका हिउँले ढाकिएका सडकमा स्थानीय बासिन्दाहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग खुलेर भनिरहेका छन्—ग्रिनल्यान्ड बिक्रीका लागि होइन ।

डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र रहेको ग्रिनल्यान्डलाई लिएर ट्रम्पले ‘कुनै पनि मूल्यमा’ नियन्त्रण लिन चाहेको बताउँदै आउनुभएको छ । ह्वाइट हाउसले बल प्रयोग गरेर टापु लिने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार नगरेपछि तनाव अझ बढेको छ । यही सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जे।डी। भेन्सले बुधबार वासिङ्टनमा डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेन र ग्रिनल्यान्डकी विदेशमन्त्री भिभियन मोट्जफेल्टसँग भेटवार्ता गर्ने तय भएको छ ।

नुककी २२ वर्षीया विद्यार्थी टुटा मिकेल्सनले अमेरिकी अधिकारीहरूले ‘पछाडि हट्ने’ सन्देश बुझून् भन्ने चाहना व्यक्त गर्नुभयो । उहाँका अनुसार ग्रिनल्यान्डवासीहरू डेनमार्कसँगको सम्बन्ध र त्यहाँबाट प्राप्त निःशुल्क स्वास्थ्य सेवा तथा शिक्षाबाट सन्तुष्ट छन् ।

ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले कोपनहेगनमा पत्रकार सम्मेलन गर्दै यदि छनोट गर्नुपर्ने अवस्था आयो भने ग्रिनल्यान्डले डेनमार्क, नाटो र युरोपेली सङ्घ (इयु) रोज्ने स्पष्ट गर्नुभयो । यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले उहाँसँग असहमति जनाउँदै ती भनाइ निल्सनसँगै समस्या बन्ने चेतावनी दिनुभएको थियो ।

जलवायु परिवर्तनका कारण बरफ पग्लँदै जाँदा ग्रिनल्यान्ड रणनीतिक रूपमा अझ महत्त्वपूर्ण बन्दै गएको छ । छोटा व्यापारिक मार्ग खुल्ने सम्भावना र दुर्लभ खनिज स्रोतका कारण यस क्षेत्रप्रति चासो बढेको हो । ट्रम्पले रूसी र चिनियाँ जहाजबाट खतरा रहेको दाबी गर्नुभएको छ, तर स्थानीय बासिन्दा र विज्ञहरूले यस्तो दाबीलाई अतिरञ्जित भनेका छन् ।

इन्जिनियर लार्स भिन्टनरले आफूले कहिल्यै रूसी वा चिनियाँ जहाज नदेखेको बताउँदै सुरक्षा बहाना मात्र भएको दाबी गर्नुभयो । उहाँका मित्र हान्स नोर्गार्डले पनि ट्रम्पको भनाइलाई ‘कल्पना’ मात्र भएको टिप्पणी गर्नुभयो र आक्रामक अभिव्यक्तिविरुद्ध प्रहरीमा उजुरीसमेत दायर गरेको जानकारी दिनुभयो ।

डेनमार्कले अमेरिकाले ग्रिनल्यान्डमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्न सक्ने बताएको छ, तर टापुको स्वामित्व परिवर्तन अस्वीकार्य रहेको स्पष्ट पारेको छ । ग्रिनल्यान्डकी व्यापार तथा खनिज स्रोत मन्त्री नाजा नथानियलसेनले नाटो सहयोगीको भूभागबारे यस्तो छलफल हुनु ‘अकल्पनीय’ भएको बताउँदै अमेरिकी प्रशासनलाई स्थानीय जनताको आवाज सुन्न आग्रह गर्नुभयो ।

वासिङ्टनको बैठकपछि डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरू अमेरिकी कङ्ग्रेसका आर्कटिक ककस सदस्यहरूसँग पनि भेट्नेछन् । यसैबीच, केही अमेरिकी सांसदहरूले ग्रिनल्यान्ड वा कुनै पनि नाटो सदस्यको सार्वभौम क्षेत्र कब्जा गर्न सङ्घीय कोष प्रयोग गर्न नपाइने कानूनी प्रस्ताव अघि सारेका छन् ।

युरोपेली नेताहरूले पनि ग्रिनल्यान्ड आफ्नै जनताको हो भन्ने अडान दोहो¥याएका छन् । फ्रान्सले फेब्रुअरी ६ मा ग्रिनल्यान्डमा वाणिज्य दूतावास खोल्ने योजना सार्वजनिक गर्दै टापुप्रतिको कूटनीतिक चासो अझ स्पष्ट बनाएको छ ।