१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड
अ अ+ अ-

काठमाडौँ। “भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ ।

पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएको छ ।

आज र भोलि मनाउने औपचारिक माघी महोत्सवलाई स्वागत गर्दै टुँडिखेलमा थारु समुदायका स्वादिला परिकार चखाउन चहलपहल सुरु भएको छ ।

केही स्टलमा परिकार पकाउने तर्खर गर्दै थिए भने केही स्टलमा भक्का, घोँगी, फ्राइ माछालगायत खानेकुरा पाकिसेका थिए । यद्यपि महोत्सव घुम्न आएहरूले भने घोँगी र भक्काको विशेष खोज्दै गर्दै थिए । मोरङकी सरिता खवासको समूहले दिउँसैदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोको तातोतातो भक्का पकाएर बेचिरहनुभएको थियो ।

“दिनभरमा भक्का मात्रै धेरे बिक्यो”, उहाँले भन्नुभयो, “घोँगी त खोज्ने नै भए ।” रत्नपार्क कामले आएका विष्णु भुजेलले टुँडिलेखमा थारु माघी महोत्सव देखेर उत्साहीत हुनुभयो । उहाँ उत्साहित हुनुको प्रमुख कारण थारु समुदायले बनाउने विभिन्न मौलिक स्वागदका परिकार थिए । स्टल घुमेपछि उहाँले घोँगी र भक्का नै चाख्नुभयो ।

“घोँगी अहिले महँगीएछ,” उहाँले खाइसकेपछि स्टलका व्यापारीलाई ध्यानर्कषण पनि गराउनुभयो । उहाँको कुरा सुनेर मिठो मुस्कानसहित परिकार चखाएकी कैलालीका केशरी चौधरीले घोँगी महँगो हुनुको नालीबेलीसमेत सुनाउनुभयो ।

उहाँका अनुसार ९ रूपैयामा किनेर ५० रूपैया केजीमा बिक्री गरेको विगतको अनुभव अब अनुभवमा मात्रै सीमित रह्यो । शीतलहर अत्याधिक बढेकाले घोँगी खोज्न निकै कठिन भएपछि उहाँले बजारमा महँगो दरमा किनेर महोत्सवमा बेच्नु परेको बाध्यता बताउनुभयो ।

अहिले स्टलमा रु दुई सय केजीमा किनेर चार सयमा बिक्री गर्नु परेको उहाँले सुनाउनुभयो । “शीतलहरले घोँगी खोज्न सकिएन, महँगो किनेर बेच्नु परेकोछ”, उहाँले भन्नुभयो । थारु महोत्सवमा थारु समुदायका परिकारले आर्किषत गरेको छ ।

थारु समुदायले माघी आउनु अगाडिदेखि नै दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिनअघिदेखि पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुर/बङ्गुर (जता गर्ने) र त्यसैदिन आगोको धुनी बाल्दै डफ/मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम रहने गरिन्छ ।

माघ १ गते सबेरै नजिकैको खोल, नदी, ताल, तलैयामा स्नान गरी ‘माघ लहान’ पूरा गरिने चलन छ । स्नातपश्चात पूजा र भाकल गरेर सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वाससमेत रहेको थारु समुदायका अगुवाहरू बताउनुहुन्छ ।रासस