१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सिंहद्वारा शपथ ग्रहण



अ+ अ-

धनुषा। मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवरले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित विशेष समारोहमा डा सिंहलाई शपथ गराउनुभएको हो ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णको उपस्थितिमा समारोहमा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, वरिष्ठ कानुन व्यवसायी तथा कानुनी क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

शपथपश्चात् डा सिंहले संविधान र प्रचलित कानुनको पूर्णपालना गर्दै प्रदेश सरकारलाई गुणस्तरीय कानुनी परामर्श र प्रभावकारी बहस प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले न्यायिक प्रणालीलाई थप सबल बनाउँदै सुशासन र विधिको शासनलाई कार्यसम्पादनको मूलआधार बनाइने बताउनुभयो ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार शपथ ग्रहणसँगै डा सिंहले औपचारिक रूपमा मुख्य न्यायाधिवक्ताको कार्यभार सम्हाल्नुभएको छ । रासस