१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री पद मैले बिहानै छोडेको हुँ निष्कासनको अर्थ छैनः विश्वप्रकाश शर्मा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री पद आफैं त्यागेको बताएका छन्।

निष्कासनको कुनै अर्थ नभएको दाबी गर्दै उनले भने– ‘महामन्त्री पद मैले बिहानै छोडेको हुँ निष्कासनको अर्थ छैन ।’

कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरूलाई निष्कासन गरेको जनाएको छ।