३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सेन्टी भाइरस’को विदेश राइट १ करोड १५ लाखमा बिक्यो, ५० प्रतिशत रकम गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई दिईने



अ+ अ-

काठमाडौं । सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ । कलाकार तथा निर्माता सिताराम कट्टेललेका आनुसार रु १ करोड १५ लाखमा फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले किनेको हो । नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस)ले फिल्मको बिदेश राइटका लागि सम्झौता गरेका छन् ।

यो फिल्मका निर्देशन रामबाबु गुरुङको रहेको छ । अर्को रोचक प्रसङ्ग भने फिल्म निर्माण युनिटले फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्ने पनि घोषणा गरिसकेको छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सो फिल्ममा सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको जोडदार अभिनय रहेको छ ।

डिन्डू लामा ह्याल्मोनिर्माता रहेको फिल्मको सह निर्मातामा फुर्पा ह्याल्मो रहेकी छन् । फिल्म शिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने भएको छ । फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।