४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

टी–२० विश्वकपः भारतमा नखेल्न बंगलादेशको अडान कायमै

टी–२० विश्वकपः भारतमा नखेल्न बंगलादेशको अडान कायमै
अ+ अ-

एजेन्सी । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकपका आफ्ना खेल भारतमा नखेल्ने अडानमा कायम छ। बीसीबीले भारतको सट्टा श्रीलंकामा खेल आयोजना गर्न माग गरेको छ।

बीसीबीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग भिडियो सम्मेलनमार्फत पुनः आफ्ना माग दोहोर्‍याएको जनाएको छ। आईसीसीले भने बीसीबीलाई उक्त निर्णयमाथि फेरि विचार गर्न आग्रह गरेको छ।

एएनआई समाचार एजेन्सीका अनुसार सोमबार आईसीसीले बीसीबीको खेल स्थल परिवर्तन गर्ने माग अस्वीकार गरेको थियो।

बंगलादेशमा हिन्दूहरूको हत्या भएको घटनालाई लिएर भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्न अनुमति दिएको छैन। बीसीसीआईको निर्देशनअनुसार कोलकाता नाइट राइडर्स (केकेआर)ले जनवरी ३ मा उनलाई टोलीबाट बाहिर निकालेको थियो।

यसपछि आक्रोशित बंगलादेश सरकारले आफ्नो देशमा आईपीएल खेलहरूको प्रसारणमा रोक लगायो। त्यसलगत्तै खेलाडीहरूको सुरक्षाको कारण देखाउँदै फेब्रुअरी ७ देखि सुरु हुने टी–२० विश्वकपका लागि खेल स्थल परिवर्तनको माग पनि गरियो। बीसीबीले भन्यो — ‘हामी आफ्नो निर्णय बदल्दैनौँ।’

बीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ—‘भिडियो सम्मेलनमा हामीले आफ्नो माग दोहोर्‍याएका छौँ। आईसीसीले तालिका पहिले नै सार्वजनिक भइसकेको जानकारी गराउँदै भारतमा नखेल्ने निर्णयमाथि पुनः विचार गर्न अनुरोध गरेको छ।

हामीले आफ्नो निर्णय परिवर्तन गरेका छैनौँ। खेलाडी, अधिकारी तथा सहयोगी स्टाफको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो। समाधान खोज्नका लागि हामी आईसीसीसँग संवाद जारी राख्नेछौँ।’

फेब्रुअरी ७ मा बंगलादेशको पहिलो खेल

टी–२० विश्वकपमा बंगलादेश समूह ‘सी’ मा परेको छ। टोलीले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इंग्ल्यान्डसँग खेल्नेछ। यी तीनै खेल कोलकातास्थित इडन गार्डेन्स रंगशालामा हुने तय छ। समूह चरणको अन्तिम खेल भने फेब्रुअरी १७ मा मुम्बईमा नेपालविरुद्ध हुनेछ।

मुस्तफिजुरलाई ९ करोड २० लाखमा किनिएको थियो, पछि आईपीएलबाट हटाउँदा विवाद

डिसेम्बर १६ मा भएको आईपीएल मिनी लिलामीमा कोलकाता नाइट राइडर्सले बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई ९ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो। तर बंगलादेशमा हिन्दूहरूको हत्या भएको घटनापछि भारतमा मुस्तफिजुरको विरोध सुरु भयो। अहिलेसम्म त्यहाँ ६ जना हिन्दूको हत्या भइसकेको बताइएको छ।

यसपछि बीसीसीआईले मुस्तफिजुरलाई आईपीएल खेल्न अनुमति नदिएको र जनवरी ३ मा केकेआरले उनलाई टोलीबाट रिलिज गरेको थियो।