१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

भीमसेन थापा गाउँपालिकाको १७ औँ अधिवेशनबाट चार विधेयक पारित

भीमसेन थापा गाउँपालिकाको १७ औँ अधिवेशनबाट चार विधेयक पारित
अ अ+ अ-

गोरखा।  गोरखाको भीमसेनथापा गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनबाट चारवटा विधेयक सर्वसम्मत पारित भएको छ ।

आज सम्पन्न अधिवेशनबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता, वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयकसहित आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । साथै आर्थिक ऐन संशोधन विधेयक पनि पारित भएको उहाँले बताउनुभयो ।

अधिवेशनमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२’ संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक गोपाल विकले सभामा पेस गर्नुभएको थियो । ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक–२०८२’ आर्थिक विकास समिति संयोजक होमबहादुर बरामुले पेस गर्नुभएको हो ।

यस्तै ‘वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयक–२०८२’ वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टराईले सभासमक्ष पेस गर्नुभएको उहाँले बताउनुभयो । आव २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव र ‘आर्थिक ऐन–२०८२’ संशोधन विधेयक उपाध्यक्ष अमृतादेवी भट्ट (वस्ती)ले पेस गर्नुभएको थियो ।

अधिवेशनमा उपाध्यक्ष भट्टले नै पेस गर्नुभएको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको अध्यक्ष बन्जराले बताउनुभयो । लेखा समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन र विधायन समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत भएको थियो ।

यसैगरी लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि–२०८२, बेरुजु फछ्र्योट कार्यविधि–२०८२ र गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८२ माथि छलफल भई स्वीकृत गरिएको छ । रासस