१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूपेन्द्र बडुवाल हत्या प्रकरणः १३ जनालाई जन्मकैद, ७ जनाले पाए सफाइ



अ+ अ-

कैलाली । जिल्ला अदालत कैलालीले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

घटनाको करिब चार वर्षपछि आएको फैसलामा मुख्य अभियुक्तसहित ६ जनालाई जीवित रहेसम्म जन्मकैदको सजाय तोकिएको हो।

लम्कीचुहा नगरपालिका–१ निवासी बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो। यस घटनामा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।

जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही गरी ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैदको सजाय सुनाएको हो।

अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मदन शाही, हेमन्त शाही, धिरज भन्ने दीपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ। साथै, लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई पनि अभियोग दाबीबमोजिम जन्मकैद हुने ठहर गरिएको छ।

त्यसैगरी प्रतिवादी अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको अदालतले जनाएको छ।

यस मुद्दामा सुरुदेखि फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश गरिएको छ।

सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा पीडितलाई १५ लाख रुपैयाँ दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश पनि अदालतले दिएको छ। साथै उनीहरूबाट जनही २ हजार ८ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने आदेश समेत भएको छ।