८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा नाराबाजी, संस्थापन पक्षीय देउवा निवासतिर, आजै पुनः द्विपक्षीय वार्ता हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा केही महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन गर्नुपर्ने मागसहित नाराबाजी गरेका छन् ।

आज विशेष महाधिवेशनको तेस्रो दिन भइसकेकोले नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग उनीहरुले राखेका छन् । आज पनि बन्द सत्र जारी रहेको छ र निर्वाचन समिति भंग गरेर नयाँ निर्वाचन समिति गठन गरिएको छ ।

सो समितिले दिउँसो १ बजेदेखि नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । समितिको कार्यतालिका बमोजिम नै निर्वाचन गर्नुपर्ने माग गरेर केही प्रतिनिधिहरुले नाराबाजी सुरु गरेका छन् । उनीहरुले वर्तमान केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै नाराबाजी गरेका हुन् ।

उता सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच आज बिहानदेखि सुरु भएको वार्ता अहिले स्थगित भएको छ । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच पहिलो चरणको वार्ता सकिएको बताइएको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा लाजिम्पाटको एउटा घरमा संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरूबीच बिहानदेखि जारी छलफलको पहिलो चरण सकिएको र आजै केही बेरपछि अर्काे चरणको वार्ता गरिने विशेष महाधिवेशनको पक्षका एक नेताले जानकारी दिए ।

सो वार्तामा विशेष पक्षकाले आफ्ना अडानहरू राखेका थिए र ती अडानबाट पछि नहट्ने भनेपछि अहिलेका लागि वार्ता सकिएको घोषणा गरिएको हो ।

पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्ने, सभापति देउवाको हस्ताक्षर नचल्ने र उनी चुनाव पनि नलड्ने अडान विशेष पक्षको अडान छ । साथै विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन गर्नुपर्ने अडान विशेष पक्षको थियो ।

अहिले पनि संस्थापन र इतर पक्षका नेता डा शेखर कोइरालाका तर्फबाट वार्तामा बासेका प्रतिनिधिहरु वार्ता सकिएलगत्तै सभापति देउवाको निवास महाराजगञ्जतर्फ लागेका छन् ।

तस्बिरः हरिराम भेटुवाल/रासस