२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

चीनको चेतावनीमा एलन मस्कले भने– म अन्तरिक्षमा ट्राफिक जामका लागि जिम्मेवार छैन

चीनको चेतावनीमा एलन मस्कले भने– म अन्तरिक्षमा ट्राफिक जामका लागि जिम्मेवार छैन
अ अ+ अ-

वासिङ्टन । पृथ्वीका सबैभन्दा धनी अर्बपति एलन मस्कले आफ्नो स्टारलिङ्क इन्टरनेट स्याटेलाइटले अन्तरिक्षमा धेरै ठाउँ लिएको भन्ने आलोचनालाई खारेज गरेका छन्। उनले पृथ्वीको तल्लो कक्षामा अर्बौं उपग्रह स्थापना गर्न सकिने बताए । यसअघि युरोपेली अन्तरिक्ष एजेन्सी र चीनले एलन मस्कको महत्वाकांक्षी परियोजनालाई निशाना बनाएका थिए । भर्खरै मस्कको उपग्रह अन्तरिक्षमा रहेको चिनियाँ स्पेस स्टेसनमा ठोकिनबाट जोगिएको थियो ।

मस्कले एक अन्तर्वार्तामा भने, “अन्तरिक्ष धेरै ठूलो छ र उपग्रह धेरै सानो छ।” स्पेसएक्सका मालिक मस्कले आफ्नो स्टारलिङ्क इन्टरनेट सेवामार्फत आफ्ना प्रतिस्पर्धीहरूलाई स्याटेलाइट उद्योगमा प्रवेश गर्न अवरोध गरिरहेको भन्ने भनाइलाई अस्वीकार गरेका छन् । “हजारौँ उपग्रह केही होइनन्। यो पृथ्वीमा लाखौँ कारहरू जस्तै हो। यो केही होइन”, मस्कले भने, “हामीले कसैलाई अन्तरिक्षमा आउन रोकेका छैनौँ ।”

स्याटेलाइटसँग ठोक्किनबाट बच्न मार्ग परिवर्तन 

यसअघि युरोपेली अन्तरिक्ष एजेन्सीले पनि मस्कले तीव्र गतिमा बढिरहेको व्यावसायिक अन्तरिक्ष उद्योगमा आफ्नै नियम बनाएको बताएको थियो । यसअघि चीनले मस्कको स्याटेलाइटसँगको टक्करबाट बच्न आफ्नो अन्तरिक्ष स्टेशनलाई डाइभर्ट गर्नुपरेको गुनासो गरेको थियो । चीनले संयुक्त राष्ट्रसङ्घमा केही कागजातहरू प्रस्तुत गर्दै यी सम्भावित टक्करहरूका बारेमा जानकारी दिएको छ। कागजातमा चीनले उसको अन्तरिक्ष स्टेशनले मस्कको स्टारलिङ्क प्रोग्रामसँग दुई पटक ठोक्किनबाट बालबाल बचेको गुनासो गरेको छ । पहिलो पटक जुलाई १ मा र दोस्रो पटक अक्टोबर २१ मा यस्तो भएको थियो ।

यो रिपोर्ट बाहिर आएपछि चिनियाँ नागरिकहरु टेस्ला तथा स्पेसएक्सका मालिक मस्कसँग निकै आक्रोशित भएका छन् । धेरैले अनलाइन प्लेटफर्ममा मस्कलाई कडा निशाना बनाएका छन्। संयुक्त राष्ट्रसङ्घको बाह्य अन्तरिक्ष मामिलाको कार्यालयको वेबसाइटमा रहेको प्रतिवेदनमा चीनले यी टक्करहरू रोक्न चिनियाँ अन्तरिक्ष स्टेशनले आवश्यक कदम चाल्नुपरेको बताएको छ।

अमेरिकाको अन्तरिक्ष हतियार स्याटेलाइटका अनुसार चिनियाँ नागरिकले आफ्नो सामाजिक सञ्जाल वेइबोमा मस्क विरुद्ध कडा असन्तुष्टि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले स्पेसएक्सको स्टारलिङ्क उपग्रह फोहोर मात्र हुन् भनेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले यसलाई अमेरिकाको अन्तरिक्ष हतियार भनेका छन् । पृथ्वीको कक्ष उपग्रहहरू र अन्य प्रकारका भग्नावशेषहरूले भरिएको छ जसले अन्तरिक्ष स्टेशन, त्यहाँ अवस्थित उपग्रहहरू र अन्तरिक्ष टेलिस्कोपहरूका लागि ठूलो खतरा निम्त्याउँछ। भविष्यमा सम्भावित टक्करबाट बच्न सकियोस् भनेर वैज्ञानिकहरूले लगातार देशहरूलाई यसको डाटा साझा गर्न आग्रह गरिरहेका छन् । 

‘स्टारलिङ्क’ ले इन्टरनेट स्पीडको संसारमा क्रान्तिकारी परिवर्तन ल्याउने

सन् २०२२ मा स्टारलिङ्कको इन्टरनेट कार्य विश्वभर फैलिने अपेक्षा गरिएको छ। यसको गति ५० एमबिपिएसदेखि १५० एमबिपिएससम्म हुन सक्छ। स्टारलिङ्कका उपग्रहहरू पृथ्वीको नजिक भएकाले इन्टरनेटको गति छिटो हुनेछ। सामान्य इन्टरनेट सेवा नचल्ने वा गति सुस्त भएका क्षेत्रमा यो सेवा थप प्रभावकारी हुनेछ । स्पेसएक्सले इन्टरनेटको गति ३०० एमबीपीएससम्म लैजाने तयारी गरिरहेको छ ।