कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमा ४९० पुगेको छ । भाइरसबाट अहिलेसम्म २४,३२४ जना संक्रमित भइसकेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छ । बुधबार विहान मात्रै पनि हङकङमा एक जनाको मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा समेत एक जनाको मृत्यु भईसकेको छ ।
हुबई प्रान्तमा ६५ जनाको मृत्यु भईसकेको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना भाइरसबाट चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भएको भेटिएका छन् ।
तर चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।