३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ

राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।

विगत केहि सातादेखि संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, गालीगलौज, चरित्रहत्या र घृणायुक्त अभिव्यक्तिहरू निरन्तर आईरहेको ओलीले जनाउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ

यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या सयौंबाट हजारौँमा पुग्यो। मेरो व्यक्तिगत मोबाइल फोन देखि लिएर, म्यासेन्जर सम्ममा बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका अभिव्यक्तिसम्म आए। आज मैले यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको छु। आज नै एकजना व्यक्ति पक्राउ परिसकेका छन्, र कानूनी प्रक्रियाको सामना गर्दै छन्।

मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम-नागरिकहरुले कठोर भन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो। तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिन।

टिकटक, युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा मेरो बारेमा सामग्री अपलोड गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने, घृणा फैलाउने सबैलाई म स्पष्ट रूपमा सचेत गराउन चाहन्छुस् अझै पनि त्यस्ता सामग्रीहरु हटाउने समय तपाईंहरुसँग छ। अन्यथा, आजदेखि नै कानूनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस्। सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्ति प्रति मेरो शून्य सहनशीलता रहनेछ!

आज सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति, गालीगलौज, धम्की र चरित्रहत्यालाई चुपचाप सहेर बस्न बाध्य भएका हजारौं नागरिक-महिला र पुरुष दुवै छन्। जब यस्ता व्यवहारहरुलाई सहिन्छ, त्यस्ता कार्य गर्नेहरू अझ प्रोत्साहित हुन्छन् र उनीहरुको अराजकता झनै फैलिन्छ। हामीले सामाजिक सञ्जालमा घृणायुक्त अराजकतालाई सामान्यीकरण गर्नु हुँदैन। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहारलाई स्वीकार गर्न सकिँदैन। आज गरिएको एउटा कानूनी र जिम्मेवारपूर्ण कदम सानो देखिन सक्ला, तर यसले भोलिको समाजलाई केही बढी सभ्य, सुरक्षित र उत्तरदायी बनाउन योगदान पुर्‍याउन सक्दछ। सामाजिक सञ्जालमा फैलिरहेको घृणायुक्त अराजकता र घृणाको संस्कृतिप्रति शून्य सहनशीलताको सन्देश दिनु हामी सबैको सामाजिक र नैतिक जिम्मेवारी पनि हो।

यस संवेदनशील विषयप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गर्नुभएकोमा माननीय गृहमन्त्रीज्यू तथा नेपाल प्रहरीको साइबर ब्युरोप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।