४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने कोहली, सबैभन्दा छिटो २८,००० रनको कीर्तिमान पनि बनाए

क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने कोहली, सबैभन्दा छिटो २८,००० रनको कीर्तिमान पनि बनाए
अ+ अ-

काठमाडौँ । विराट कोहलीको ९३ रनको उत्कृष्ट इनिङ्सको मद्दतमा भारतले पहिलो एकदिवसीय खेलमा न्यूजील्याण्डलाई ४ विकेटले हरायो। आइतबार वडोदरामा न्यूजील्याण्डले ३०० रन बनाएको थियो। भारतले एकदिवसीय क्रिकेटमा २०औँ पटक ३०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्यायो।

कोहलीले सबैभन्दा छिटो २८ हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने कीर्तिमान पनि बनाए। उनी अहिले अन्तर्राष्ट्रिय क्रिकेटका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

विराट कोहलीले एकदिवसीय क्रिकेटमा लगातार पाँचौँ पटक ५० भन्दा बढी रनको स्कोर गरेका छन्। अक्टोबरमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका पहिलो दुई खेलमा उनी खाता खोल्न सकेनन्, तर तेस्रो खेलमा अर्धशतक बनाए। त्यसपछि दक्षिण अफ्रिकाविरुद्ध दुई शतक र एक अर्धशतक बनाए। अब न्यूजील्याण्डविरुद्ध ९३ रन बनाएर उनले लगातार पाँचौँ एकदिवसीय खेलमा ५०ं स्कोर पूरा गरेका छन्।

विराटले एकदिवसीय क्रिकेटमा पाँचौँ पटक लगातार पाँच इनिङ्समा ५० भन्दा बढी रन बनाउने उपलब्धि हासिल गरेका छन्। यो कीर्तिमानमा उनी शीर्ष स्थानमा छन्। उनका पछि दक्षिण अफ्रिकाका क्विन्टन डी कक, न्यूजील्याण्डका केन विलियम्सन र पाकिस्तानका बाबर आजमले दुई–दुई पटक यस्तो उपलब्धि हासिल गरेका छन्।

९३ रनको इनिङ्समा २५औँ रन बनाउनेबित्तिकै कोहलीले २८ हजार अन्तर्राष्ट्रिय रन पूरा गरे। यसका लागि उनले जम्मा ६२४ इनिङ्स मात्र खेले। सबैभन्दा कम इनिङ्समा यो कीर्तिमानमा पुग्ने खेलाडी उनी बने। यसअघि भारतकै सचिन तेन्दुलकरले ६४४ इनिङ्समा २८ हजार रन पूरा गरेका थिए।

त्यस्तै, इनिङ्समा ४२औँ रन बनाउनेबित्तिकै विराट अन्तर्राष्ट्रिय क्रिकेटका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। उनले श्रीलंकाका कुमार संगकाराको २८,०१६ रनको कीर्तिमान तोडे। कोहलीका हाल २८,०६८ रन पुगेका छन्। भारतकै सचिन तेन्दुलकर ३४,३५७ रनसहित शीर्ष स्थानमा छन्।