१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

प्रधानमन्त्रीले राजपालाई भने : ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

प्रधानमन्त्रीले राजपालाई भने : ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए। तर यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए। उपसभामुखका लागि प्रधानमन्त्रीका थप सर्तहरूमा राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरूमा सहमति गर्न सकिने रहेका छन्। यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रस्ट जवाफ दिएनन्। अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने बताए।

प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर बुधबार दिउँसो महोत्तरी पुगेका थिए। राष्ट्रियसभाको निर्वाचनपछि नेकपा र राजपाबीच सम्बन्ध सुधार भएको छ। उक्त चुनावपछि नेकपा र राजपाका नेताहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको छ। राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन्। स्रोतको दाबी छ, राजपा बहुमत नेता तत्काल प्रदेश २ सरकारको समीकरण फेर्ने पक्षमा छैनन्। तर नेकपाले उपसभामुखसँगै संघीय सरकारदेखि प्रदेश सरकारसम्म प्याकेजमा सहमति गर्न प्रस्ताव गरेको छ। यस विषयमा राजपाले नेकपालाई प्रस्ट जवाफ नदिएको स्रोतको भनाइ छ। राजपाका सहमहासचिव जयप्रकाश ठाकुरले उपसभामुख पद राजपाले पाउनुपर्ने दाबी गरे। ‘संविधानअनुसार उपसभामुख पद राजपाले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ उनले भने, ‘तर यस विषयमा नेकपा र राजपाबीच अझै सहमति भएको छैन।’

स्रोतका अनुसार उपसभामुख पदको विषयमा नेकपा र राजपाबीच सहमति जुट्नेबित्तिकै चुनावको तिथि तय हुनेछ। राजपाका ६ अध्यक्षमध्ये दुई अध्यक्ष राजेन्द्र महतो र शरतसिंह भण्डारी अहिले विदेशमा छन्। दुई अध्यक्षको अनुपस्थितिमा ठाकुरले यस विषयमा निर्णय गर्न सकेका छैनन्। उपसभामुख पद राजपाले पाउने बित्तिकै राजपालाई संघीय सरकारमा जान बाटो खुला हुनेछ। तर राजपाका दुई अध्यक्ष ठाकुर र महेन्द्र यादव भने तत्काल सरकारमा जाने पक्षमा छैनन्। यही स्थितिमा राजपा सरकारमा जानुहुँदैन भन्ने ती दुई नेताको लाइन छ। अध्यक्ष मण्डलका ६ सदस्यमध्ये दुई सदस्य अनिल झा र राजकिशोर यादव संघीय सरकारमा जान लचिलो रहेको स्रोतको दाबी छ। झानिकट एक नेताले भने, राजपा सरकारमा गयो भने झाले त्यसमा दाबी गर्नेछन्।’ केही दिनअघि प्रदेश २ सरकारबाट झाकी पत्नीसमेत रहेकी प्रदेश राज्यमन्त्री डिम्मल झाले राजीनामा गरेकी छन्।

राजपाले सरकारसँग संविधान संशोधन हुनुपर्ने, राजपाका सांसद रेशम चौधरी रिहा हुने वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूलाई राहत दिनुपर्ने माग राखेको छ। राजपाले राखेका माग पूरा भएमा राजपा सरकारमा जान तयार रहेको राजपाका नेताहरू बताउँदै आएका छन्। स्रोतबा अनुसार राजपाका नेताहरू अहिले समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि सरकारलाई प्राथमिकता दिने भन्ने विषयमा दुई धारमा बाँडिएका छन्। ठाकुर र महेन्द्र यादव सरकारभन्दा समाजवादीसँगको एकतालाई प्राथमिकता दिनुपर्ने पक्षमा छन् भने बाँकी चार जना नेता सरकारमा जाने लाइनमा लचिलो देखिएका छन्। केही दिनअघि मात्र राजपाका सात जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र लेखी यही स्थितिमा राजपा सरकारमा जान नहुने सुझाव दिएका थिए।
नागरिक दैनिकबाट