१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

प्रधानमन्त्रीको निर्देशन : ‘चीनमा रहेका नेपालीलाई तुरुन्त पिर्ता ल्याउ’

प्रधानमन्त्रीको निर्देशन : ‘चीनमा रहेका नेपालीलाई तुरुन्त पिर्ता ल्याउ’
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्।

बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव र सम्बद्ध मन्त्रालयका सचिव एवं सुरक्षा अधिकारी सहभागी थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए।

परराष्ट्रसचिव शंकर बैरागीले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। चीनबाट उद्धार गरी ल्याइने विद्यार्थी राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनस्थल बनाइएको छ। चीनबाट स्वदेश फर्कन १ सय ८० विद्यार्थीले फाराम भरेका छन्।

अभिभावकद्वारा आग्रह

चीनमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकले आफ्ना सन्तानलाई छिटो उद्धार गरी ल्याउन आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार भेला भएका अभिभावकले नेपालीलाई छिटो उद्धार गर्न माग गर्दै निवेदन दिएका छन्। मन्त्रालयमा २८ जना अभिभावक पुगेका थिए।

धैर्य गर्न सञ्चारमन्त्रीको आग्रह

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्धारको तयारीमा जुटिरहेकोले धैर्य गर्न आग्रह गरेका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘सरकार हाम्रा नागरिकसँगै छ।

हामीलाई पनि चिन्ता छ। चीनसँग नियमित सम्पर्कमा छौं। अहिले धैर्य गरेर बस्नुस्। तयारीमा जुटिरहेका छौं।’ उद्धार गरी स्वदेश ल्याउन नेपाली दूतावासले प्रबन्ध गरिसकेको मन्त्री बाँस्कोटाले जानकारी दिए।अन्नपुर्ण पोष्टबाट