२८ भाद्र २०८३, आईतवार
,
Latest
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल ‘मिडिया उद्यमी सम्मान’ बाट सम्मानित



अ+ अ-

काठमाडौँ, २७ पुस । नेपालको सञ्चार उद्यम क्षेत्रमा न्यूज एजेन्सी नेपालु स्थापना गरी निष्पक्ष, तथ्यपरक र व्यावसायिक पत्रकारिताको जग बसाल्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाकी संस्थापक एवं अध्यक्ष कृष्णा पौडेललाई ‘मिडिया उद्यमी सम्मान’प्रदान गरिएको छ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभाका अवसरमा आइतबार आयोजित विशेष समारोहमा उहाँलाई कदरपत्रसहित सम्मान गरिएको हो।

साना तथा मझौला उद्योग र व्यवसायका क्षेत्रमा रहेका समस्या, चुनौती र सम्भावनाहरूलाई सञ्चारमाध्यममार्फत उजागर गर्न न्युज एजेन्सी नेपालले देखाएको तत्परताको महासंघले उच्च प्रशंसा गरेको छ। समारोहमा गोरखा ब्लक तथा रेली उद्योगकी सञ्चालक सावित्रा गर्तौला बस्नेतलाई ‘उत्कृष्ट साना तथा मझौला व्यवसायी सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले साना तथा मझौला उद्योगहरूलाई प्रवद्र्धन गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले महिला उद्यमीहरूलाई विशेष सहुलियत दिने नीति सार्वजनिक गर्दै भन्नुभयो – ूमहिला उद्यमीहरूलाई लक्षित गरी उद्योग नवीकरणमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। अबको डेढ महिनाभित्रै घरमै बसेर सफ्टवेयरमार्फत उद्योग दर्ता र नवीकरण गर्न सकिने प्रविधिको विकास भइरहेको छ।

कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष ईनु पौडेलले नेपाली उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि सरकारले वार्षिक रूपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गर्नुपर्ने माग राख्नुभयो।

यस्तै, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहनकुमार सुवेदीले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सेदार रहेको यो क्षेत्रलाई जोगाउन कोशी सरकारले बजेटसहितको व्यवस्था गरेको उल्लेख गर्दै पछिल्ला असहज परिस्थितिले व्यवसायीहरू मर्कामा परेकोप्रति चिन्ता व्यक्त गर्नुभयो।