१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’
अ अ+ अ-

चितवन । छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन जरुरत देखिएको बताउनुभयो । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चीनबाट पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धरासायी हुन्छ ।”

चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् । सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन् ।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमै हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताउनुभयो ।

सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । वनभित्र बाघ, गैँडाजस्ता जनावरसँगै चराचुरुङ्गी अवलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौसमका हिसाबले पनि चितवन यतिबेला राम्रो रहेको बताउनुभयो । यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । चिनियाँ पर्यटकको बुकिङ रद्द भएका छन् । कोरोना भाइरसको त्रासले अन्य मुलुकका पर्यटकले पनि यहाँको अवस्थाका बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्दसमेत गर्ने गरेका छन् ।

नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकेमा विदेशी पर्यटकको भ्रमण तालिका रद्द नहुने र सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सौराहा आउने विदेशी पर्यटक अन्तरराष्ट्रिय विमानस्थल र भरतपुर विमानस्थलको स्वास्थ्य कक्षमा परीक्षण गरेर मात्र पुग्ने भएकाले सुरक्षित भएकाहरु मात्र पुग्ने गरेका छन् । यससँगै सबै होटलमा उच्च सतर्कता अपनाइएको र कुनै कोरोना भाइरसको लक्ष्यण देखापरेमा तत्काल यहाँको सरकारी भरतपुर अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्थासमेत गरिएको छ । सौराहा क्षेत्रमा ६ हजार पर्यटक धान्न सक्ने ११५ होटल रहेका छन् ।