१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

सबैले औषधि नखाँदा हात्तीपाइलेको जोखिम घटेन

सबैले औषधि नखाँदा हात्तीपाइलेको जोखिम घटेन
अ अ+ अ-

पर्वत । हात्तीपाइलेको औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा आउँदैन, बरु सधैँभर हात्तीपाइलेको जोखिमबाट मुक्त हुन सकिन्छ । ग्याष्ट्रिकका बिरामी वा हात्तीपाइलेका जीवाणु शरीरमा भएका व्यक्तिमा सामान्य समस्या देखिए पनि त्यसले कुनै ठूलो असर पार्दैन तर यस्तो अवस्थामा पनि समाजमा जान्ने बुझ्ने र कतिपय अवस्थामा स्वास्थ्यकर्मीले समेत औषधि सेवन नगरी दिएका कारण आम मानिसमा हात्तीपाइलेका विरुद्ध औषधि खुवाउने कार्यक्रम असफल भएको पाइएको छ ।

मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत जिल्ला भने अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको कुस्मा नगरपालिका स्वास्थ्य एकाइले बिहीबार पर्वत अस्पतालमा गरेको अन्तक्र्रिया कार्यक्रममा बताइएको छ । पर्वतमा सन् २०१० देखि नियमितरुपमा १० पटक आमरुपमा औषधि खुवाउने कार्यक्रम सकिए पनि जिम्मेवार व्यक्तिले हेलचक्रयाइँ गर्दा सर्वसाधारणले ११ औं पटक औषधि खानुपर्ने अवस्था आएको हो ।हात्तीपाइलेका विरुद्ध खाने औषधि सबै मानिसले नखाइदिएका कारण पर्वत र खासगरी कुस्मा नगरपालिका अझै बढी जोखिममा परेको स्वास्थ्यकर्मी बताउँछन् ।

“सबै मानिसले औषधि नखाएका कारण ११ औँ पटकसम्म आममानिसलाई औषधि खुवाउनुपर्ने अवस्था छ”, कुस्मा नगरपालिकाका स्वास्थ्य एकाइका प्रमुख उमाकान्त सापकोटाले भन्नुभयो, “जान्ने बुझ्नेले नै औषधि नखाँदा अझै समस्या भएको छ ।” औषधि नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी भेटिएका छन । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले औषधिले असर गर्छ भनेर अनावश्यक हल्ला फैलाएका भरमा औषधि नखाने बढी भएको बताए ।

“लामो समयसम्म विज्ञले अनुसन्धान गरेर बनाएको औषधिमा कुनै समस्या छैन”, उनले भने “भ्रमलाई तोड्न जरुरी छ, औषधिले कुनै पनि गम्भीर प्रकृतिको असर गर्दैन ।” खोपजस्तो एक पटक लगाएपछि लगाई रहनु नपर्ने नभएका कारण पनि १० पटक औषधि खाने र एक पटक पनि औषधि नखाने मानिस एकै भएकाले सबैले औषधि सेवन गर्नुपर्ने सुझाव उनको छ । पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले सबै कर्मचारी र सेवाग्राहीलाई समेत औषधि सेवनका लागि आग्रह र प्रोत्साहित गर्ने आश्वासन दिए ।

पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुने भएको छ । दशौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा तल नझरेपछि पुनः ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको हो । पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिकरुपमा औषधि खुवाउने कार्यक्रम रहेको छ । पर्वतमा दुई वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कूल जनसङ्ख्यामध्ये एक लाख पाँच हजार ५१६ लाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको कुस्मा नगरपालिकाका वरिष्ठ अहेब अधिकृत यामप्रसाद शर्माले बताए ।

कुस्मा नगरपालिकामा ४१ हजार ६१३ जनसङ्ख्या रहेको छ । अभियानका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई परिचालन गर्ने तयारी भएको छ । स्वास्थ्यकर्मीले घरमै पुगेर आँखा अगाडि औषधि खुवाउने र स्वयंसेविकाले सहयोग गर्ने कार्यक्रम छ । घरमा लैजाँदा औषधि नखाने, जाने बुझेकाले समेत औषधि खान नमान्दा सबैले पटकपटक औषधि खुवाउनुपर्ने बाध्यता छ । यस पटक सबैले औषधि खाने कार्यक्रम सफल बनाउन सकेमा आगामी वर्षदेखि औषधि सेवन गर्नु नपर्ने भएका कारण पनि सबैले औषधि खान र त्यसले कुनै हानि तथा असर नपुर्याउने हुँदा ढुक्क हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।