१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीको अन्डरपासमा दुई जनाको ज्यान लिने टिप्पर चालक पक्राउ



अ+ अ-

काठमाडौँ । बुधबार राति कलंकीको अन्डरपासमा बा४ख ८५७९ नम्बरको टिपरले प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । आज दुई दिनपछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिन फिल भएको छ । प्रहरीले २६ वर्षीय टिप्पर चालक अनिल लामालाई बिहीबार राति सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौँ ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जनाएको छ ।

चालक लामा टिपरसहित मोटरसाइकललाई ठक्कर दिएर फरार भएका थिए । तर टिपर भने बिहीबार दिउँसो प्रहरीले नख्खुस्थित चन्द्र सूर्य ग्यारेजमा लुकाइएको अवस्थामा फेला परेको थियो।

टिपरको ठक्करबाट रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो । पक्राउ परेका चालकमाथि अथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।