४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान

शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान
अ+ अ-

दमौली । शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो । दुई जना पुरुष मृत अवस्थामा भेटिए ।

खबर दिने व्यक्ति थिए, निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रका एक कर्मचारी । दैनिक काममा लागेका ती कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी घटनास्थल पुग्यो, दृश्य सामान्य थिएन । दुवै पुरुष धारिलो हतियारबाट निर्ममतापूर्वक प्रहार गरिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीले प्रारम्भिक सोधखोज गर्दा एउटा पीडादायी सत्य बाहिर आयो । मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरेर फोहरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक थिए ।

तीन महिनाअघि काम सुरु गरेका नारायण यो महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गर्दै आएका थिए । अर्का मृतक पुरुष भने पहिचानविहीन थिए । उनी प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका थिए । उनको नाम, ठेगाना कसैले भन्न सकेन । तर एउटा कुरा सबैलाई थाहा थियो । उनी एक जना महिला सँगसँगै बस्दै आएका थिए ।

जब दुई जनाको शव फेला पर्र्यो र टहरामा बस्ने महिला एकाएक गायव भइन्, शङ्का गहिरिँदै गयो । प्रहरी र स्थानीयले आसपास खोजी थाले । खोजी जारी नै थियो, करिब दिउँसो १२ बजेको आसपास अर्को हृदयविदारक खबर आयो । ती महिला पनि मृत अवस्थामा भेटिइन् ।

दुई पुरुषको शव भेटिएको स्थानबाट झण्डै ७०० मिटर पर, जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलभित्र महिलाको शव भेटियो । उनको पनि पहिचान खुल्न सकेको छैन । पहिचान नखुलेका ती महिला र पुरुष दुवै टहरामै बस्दै आएका थिए । बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहरमैलाबाट कबाडी छान्ने काम गरेर जीवन गुजारा गर्दै आएका उनीहरू झण्डै एक वर्षदेखि त्यहीँ बस्दै आएको स्थानीयहरू बताउँछन् ।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले तीन जनाको शव विभत्स अवस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार नारायण विकको पेट र टाउकामा गम्भीर चोट छ । पहिचान नखुलेका अर्का पुरुषको पेटमा यति गहिरो प्रहार गरिएको थियो कि आन्द्रा नै बाहिर निस्किएको अवस्था थियो । महिलाको शव भने घाँटी रेटिएको अवस्थामा फेला परेको थापाले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार हालसम्म दुई जनाको पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति अत्यन्तै शङ्कास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की स्वयं घटनास्थलमा खटिएका छन् ।

गण्डकी प्रदेशको प्राविधिक टोली, तालिम प्राप्त कुकुरसहित अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।