९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई गोपालमानले भनेः विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडांैको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने बताउनु भयो । उहाँले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधान अनुसार अगाडि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।