९ श्रावण २०८३, शनिबार
,
Latest
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताउनु भयो । उहाँले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशन काँग्रेसको निकासको लागी मात्रै नभई देशकै निकास निकाल्नको लागी आवश्यक भएको बताउनु भयो । काँग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसलाई मात्रै निकाश होईन देशको निकासको लागी यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासको लागि हाम्रो पुस्ताको भावनालाई समेट्नको लागी यो विशेष महाधिवेशन हो । यो कुनै फुटको होईन, कुनै तिक्तताको लागी होइन । कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन । यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयास मात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होईनौँ । हामी नेपाली कांग्रेसको दिशा निर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’ 

उहाँले विशेष महाधिवेशनले आगामी निर्वाचनमा काँग्रेसलाई नयाँ उत्साहका भोमिन सहयोग गर्ने बताउनु भयो ।