१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

लापरवाहीले ‘दुर्घटना’

लापरवाहीले ‘दुर्घटना’
अ अ+ अ-

बागलुङ । तीन जनाको ज्यान जाने गरी तमानखोला गाउँपालिका–३ बुलबुलेमा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ग १ त ५७६२ नम्बरको ट्र्याक्टर म्याग्दीको मालिका गाउँपालिका–२ बाट तमानखोला गाउँपालिका–१ बोङ्गादोभान जाने क्रममा दुर्घटनामा परेको थियो । ट्र्याक्टरमा मालिकाका प्रताप पुनको बिहेमा हिँडेका ३५ जन्ती सवार थिए । कच्ची सडकमा ट्र्याक्टरमा जन्ती बोकेर चालकले कमजोरी गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

“चालक, यात्रु दुवै पक्षको लापरवाही देखिन्छ”, उनले भने, “सामान्य सजगता पनि अपनाएको पाइएन ।” प्रहरीले चालक ३५ वर्षीय रमेश घर्तीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । पैदल जान गाह्रो भएपछि कुखुराको दाना लिन हिँडेको ट्र्याक्टरमा जन्ती चढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्र्याक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको थियो ।

ट्र्याक्टर सडकदेखि करिब ५० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका तीन गम्भीर घाइतेलाई उद्धार गरी बिहीबार साँझ बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । घाइतेमध्ये खगेन्द्र पुनलाई बुटवल, मनप्रसाद पुन र गौमाया पुनलाई थप उपचारको लागि पाल्पा अस्पतालमा पुर्याइएको छ । तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

बाँकी सात जना सामान्य घाइते तमानखोला स्वास्थ्यचौकीमै उपचार गरेर घर फर्केका छन् । मृतकको शव परीक्षणपछि आज परिवारले बुझेको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रिनबहादुर बैदवारले जानकारी दिए । दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटेका थिए ।