२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले नेपाल हाते कागज उद्यमी सङ्घ, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपाल तथा नेपाल उद्यमशील महिला महासङ्घसँग महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, सहुलियत कर्जा प्रवाहबारे समझदारीपत्रमा हस्ताक्षर गर्न आज राजधानीमा आयोजना गरेको कार्यक्रममा देशको आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले १२ हजार महिला उद्यमी संलग्न रहेको महासङ्घसँग साझेदारी गरेर स्थानीय उत्पादन वृद्धि, उद्यमशीलता विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यले महिला उद्यमीसँग बैंकले साझेदारी गरेको बताए । बैंकका अध्यक्ष पवनकुमार गोल्यानले कृषि उत्पादकत्व वृद्धि, जडीबुटी उत्पादन तथा प्रशोधन, लघु तथा साना उद्योगको विकासका खातिर बैंकले रु १० देखि १५ लाखसम्म विनाधितो छ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।

आन्तरिक उत्पादन, रोजगारी वृद्धि तथा निर्यात प्रवद्र्धनलाई बैंकले केन्द्रमा राखेर लगानी गरिरहेको उनले बताए । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत केसी, हाते कागज उद्यमी सङ्घका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी सङ्घ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमशील महिला महासङ्घका अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।