२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न पाकिस्तानको आग्रह ।



अ+ अ-

पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ । काश्मीर ऐक्यबद्धता दिवसका अवसरमा फेब्रुअरी ५ मा पाकिस्तानको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मीरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा सघाउन विश्व समुदायलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९४८ को निर्णयअनुसार काश्मिरी जनतालाई आत्मनिर्णयको अधिकार दिइनुपर्ने र त्यहाँ चालू दमन रोकिनुपर्ने पाकिस्तानको भनाइ छ । दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको पाकिस्तानले बताएको छ। बितेका ६ महिनामा काश्मीर क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसका निम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानको आग्रहमा गएको ६ महिनामा तीनपटक संयुक्त राष्ट्रसंघमा काश्मीर मामिलाबारे छलफल भइसकेको पनि बताइएको छ । गत वर्ष अगष्ट ५ मा भारतले कश्मीरमाथि उठाएको कदमले संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धताको उल्लंघन गर्नुका साथसाथै उक्त निर्णय अन्तर्राष्ट्रिय कानून र भारतको आफ्नै संविधान विपरीत भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा राजधानी इस्लामावादमा जारी सन्देशमा उल्लेख छ ।