२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनाल भन्छन् – एमसीसीका सामग्री अध्ययन हुँदैछ



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलको दोस्रो बैठक शुक्रबार सिंहदरबारमा बसेको छ । कार्यदलका संयोजक एवं वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीले दिएको कार्यादेश अनुरुप अध्ययन गर्ने र सामग्रीहरु जुटाउने विषयमा छलफल भएको बताए ।

उनले कुनैपनि आवेग, आक्रोस र भावनामा नरही तथ्यहरुको आधारमा सत्य पत्ता लगाउने तर्फ बैठक अगाडि बढेको बताए । नेता खनालले अबको १० दिन भित्र अध्ययन सक्ने समेत बताए ।

कार्यदलका सदस्य भीम रावलले सबै सामग्री जुटाई अध्ययन गर्ने कुरा बैठकमा भएको जानकारी दिए । उनले सबै सान्दर्भिक सामग्रीहरु प्राप्त गरेर अध्ययन गर्ने विषयमा छलफल भएको बताए ।

नेता खनालकाे संयाेजकत्वमा गठित तीन सदस्यीय कार्यदलमा नेता रावलका साथै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली छन् । नेकपाकाे पूर्ण बैठकमा एमसीसीका बारेमा व्यापक अालाेचना भएपछि नेता खनालकाे संयाेकत्वमा तीन सदस्यीय कार्यदल बनेकाे थियाे ।

एमसीसी मार्फत अमेरिकी सरकारले नेपाललाइ पूर्वाधार निर्माणका लागि करिब ५५ अर्ब रूपैयाँ अनुदान दिनेछ । तर यस कार्यक्रमलाइ अमेरिकाले इन्डाे प्यासिफिक रणनीति अन्तर्गत राखेकाे र त्यसमार्फत चीनलाइ घेर्ने रणनीति भएकाे नेकपाका नेताहरूकाे धारणा छ । तर मुख्य विपक्षी नेपाली काँग्रेसले विकासका लागि प्राप्त हुन लागेकाे एमसीसीकाे अनुदान नेपालले लिनु उपयुक्त हुने बताइरहेकाे छ ।