२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी सेना प्रमुख नेपाल भ्रमणमा



अ+ अ-

काठमाडाैंः प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद शुक्रबार काठमाण्डौ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गरेकाे नेपाली सेनाले जनाएकाे छ ।

श्री अजिजले शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनकाे सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा उनले पोखरास्थित पश्चिम पृतना हे.क्वा. तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएकाे छ ।

उनले माघ २६ गते प्रधानमन्त्री के.पी. शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । साथै, सेना प्रमुख अजिजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुका साथै नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । पाँच दिने औपचारिक भ्रमण पुरा गरी सेना प्रमुख अजिज माघ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्वकाे भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।