१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

प्रेरणाकाे रिट खारेज, छाउनीकाे १५ राेपनी जग्गा ‘दाइजाे’ दिन मिल्दैन, सरकारी हाे (आजका अखबार)

प्रेरणाकाे रिट खारेज, छाउनीकाे १५ राेपनी जग्गा ‘दाइजाे’ दिन मिल्दैन, सरकारी हाे (आजका अखबार)
अ अ+ अ-

काठमाडौं: राजधानी काठमाडाैंबाट शनिबार प्रकाशित नयाँ पत्रिकाले ललितानिवासको जग्गा बकसमा लिनेहरूको नाम सार्वजनिक गरेको छ । समाचार अनुसार बैकुण्ठ शर्मा, उर्मिला शाह, सोदाकुमारी चापागाईं, भवनकुमारी चापागाईं, मोहनप्रसाद भट्टराईलगायतले ललितानिवास जग्गा बकसमा लिएको पाइएको छ ।

त्यस्तै नेपाल ट्रस्टको १५ रोपनी जग्गा हत्याउने पूर्वराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको अन्तिम प्रयास पनि संवैधानिक इजलासबाट खारेज भएको समाचार नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पाेस्ट समेतका दैनिक अखबारले छापेका छन् । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी सरकारी जग्गासहितको घर हत्याउने उनको अन्तिम प्रयास विफल भएको हो । प्रेरणाले दायर गरेको रिट शुक्रबार सर्वोच्चले खारेज गरिदिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले २०७३ पुस २१ मै सो जग्गा ट्रस्टको हुने अन्तिम फैसला गरेको थियो । तर प्रेरणाले ट्रस्ट नै खारेज गर्नुपर्ने माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन् ।

प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । कोरोना संक्रमण नेपालमा पनि भेटिएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याए पनि १० दिन नबित्दै बिग्रिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थल, जल र हवाई तीनवटै माध्यमबाट नेपालको विश्वमा कनेक्टिभिटी बढ्ने क्रममा रहेको र यसले विकास तथा समृद्धिमा अत्यधिक सम्भावना ल्याउने भनेर व्यक्त गरेको भनाइलाई कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ ।

शनिबारका पत्रपत्रिकाका मुख्य पृष्ठ