२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेरणाकाे रिट खारेज, छाउनीकाे १५ राेपनी जग्गा ‘दाइजाे’ दिन मिल्दैन, सरकारी हाे (आजका अखबार)



अ+ अ-

काठमाडौं: राजधानी काठमाडाैंबाट शनिबार प्रकाशित नयाँ पत्रिकाले ललितानिवासको जग्गा बकसमा लिनेहरूको नाम सार्वजनिक गरेको छ । समाचार अनुसार बैकुण्ठ शर्मा, उर्मिला शाह, सोदाकुमारी चापागाईं, भवनकुमारी चापागाईं, मोहनप्रसाद भट्टराईलगायतले ललितानिवास जग्गा बकसमा लिएको पाइएको छ ।

त्यस्तै नेपाल ट्रस्टको १५ रोपनी जग्गा हत्याउने पूर्वराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको अन्तिम प्रयास पनि संवैधानिक इजलासबाट खारेज भएको समाचार नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पाेस्ट समेतका दैनिक अखबारले छापेका छन् । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी सरकारी जग्गासहितको घर हत्याउने उनको अन्तिम प्रयास विफल भएको हो । प्रेरणाले दायर गरेको रिट शुक्रबार सर्वोच्चले खारेज गरिदिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले २०७३ पुस २१ मै सो जग्गा ट्रस्टको हुने अन्तिम फैसला गरेको थियो । तर प्रेरणाले ट्रस्ट नै खारेज गर्नुपर्ने माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन् ।

प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । कोरोना संक्रमण नेपालमा पनि भेटिएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याए पनि १० दिन नबित्दै बिग्रिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थल, जल र हवाई तीनवटै माध्यमबाट नेपालको विश्वमा कनेक्टिभिटी बढ्ने क्रममा रहेको र यसले विकास तथा समृद्धिमा अत्यधिक सम्भावना ल्याउने भनेर व्यक्त गरेको भनाइलाई कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ ।

शनिबारका पत्रपत्रिकाका मुख्य पृष्ठ