२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटः नेपालद्वारा अमेरिका ३५ रनले पराजित



अ+ अ-

काठमाडाैंः आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिका विरुद्धको खेलमा नेपालले जित दर्ता गरेको हो । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित ग¥यो ।

टस जितेर पहिले फिल्डिङ गरेको अमेरिकालाई नेपालले १९१ रनको लक्ष्य दिएको थियो ।अमेरिकालाई ४४ औं ओभरको पहिलो बलमा अलआउट गर्दै नेपालले जित दर्ता गरेको हो । नेपालका लागि करण केसीले ४, सुशन भारीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका लागि इयान होलाण्डले अर्धसतकिय पारि खेल्दै ७५ रन जोडेपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले अन्तिम ओभरको दोस्रो बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतक प्रहार गर्दै इनिङ्स उकासेका थिए । विनोदले ६२ बलमा ५१ रन बनाए । कुशलले डेब्यु खेलमै कुशलले पहिलो अर्धसतक प्रहार गर्दै ५० रन जोडे । कुशलको अर्धसतकले विश्व कीर्तिमान समेत बनाएको छ ।

सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् । आजको खेलमा ज्ञानेन्द्र मल्ले २१, पारस खड्काले १९ र करण केसीले १२ रन बनाएका थिए । अमेरिकाका लागि क्यामरुन स्टेभेनसनले ३ तथा रुस्ती थोरेन र कप्ता सौरभ नेत्राभाल्करले समान २—२ विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट २ अंक जोडेको छ । लिग अन्तर्गत १० खेलबाट १२ अंक जोडेको अमेरिका रनरेटका आधारमा शीर्ष स्थानमा कायमै रहेको छ । ओमान ८ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । सन् २०२३ मा हुने विश्वकप छनोटका रुपमा हेरिएको लिगमा नेपालले अब ओमान र अमेरिकासँग एक एक खेल खेल्ने छ ।