१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

सचिव फेरबदल: कोको बन्दै छन् नयाँ सचिव ?

सचिव फेरबदल: कोको बन्दै छन् नयाँ सचिव ?
अ अ+ अ-

काठमाडौं । निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको छ । निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ । सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो । पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ । सिफारिसमा एक नम्बरमा पर्ने सहसचिव नै स्वतः सचिव हुने भएकाले सचिव बन्न दौडधूप गर्ने पद्धति भने बन्द भएको छ ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले सचिव रिक्त हुनासाथ पालैपालो बढुवा गर्ने पद्धतिको विकास गर्दै आएकाले बढुवा प्रक्रिया विवादरहित हुँदै आएको छ । गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रक्रिया थालेसँगै रिक्त प्रशासनतर्फको तीन सचिव पदमा वरिष्ठ सहसचिवहरू एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी सचिव बन्ने निश्चित छ । सचिवमा बढुवा हुने तयारीमा रहेका सहसचिवहरूमध्ये अर्याल हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतमा कार्यरत छन् । अर्याल कुशल प्रशासकका रूपमा परिचित छन् । सुधारक छविका उनी गृहका अनुभवी हुन् । यी तीनमध्ये सबैभन्दा पहिला पाण्डे सचिव बन्नेछन् । पाण्डे शिक्षाका अनुभवी हुन् । पाण्डेलगत्तै अर्याल सचिव बन्नेछन् भने अर्यालपछि पुडासैनीको सचिव बन्ने बाटो खुल्नेछ ।

यसो त उनीहरू सचिव बन्नेक्रममा अन्य वरिष्ठ सहसचिवहरू अर्जुनप्रसाद पोख्रेल, लक्ष्मीकुमारी बस्नेत, मानबहादुर विके, कृष्णबहादुर राउत, गोकर्णमणि दुवाडीलगायतका सहसचिवहरू पनि बढुवाका लागि सिफारिसमा पर्नेछन् । तर, तत्काल उनीहरू सचिव बन्ने सम्भावना भने छैन ।
कृषि मन्त्रालयका सचिव जिसीले २९ माघदेखि लागू हुनेगरी राजीनामा दिएपछि त्यहाँ पनि सचिव पद रिक्त हुने भएको छ ।

उनले राजीनामा दिएपछि रिक्त रहने सचिव पदमा वरिष्ठताका आधारमा सहसचिव योगेन्द्र कार्की रहे पनि कृषि अनुदान आयोजना प्याक्टअन्तर्गतको कार्यक्रममा भएको व्यापक अनियमिततामा मुछिएकाले उनको सचिव हुने सम्भावना न्यून छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयमा एक सचिव मात्रै राख्ने तयारीसमेत गरिएकाले कृषि मन्त्रालयमा एक सचिव मात्रै राखिएमा हालकै पशुपक्षी विकास सचिव प्रकाश माथेमा कृषि सचिव बन्न सक्ने देखिएको छ ।

गृहको निर्णय भए पनि अर्थको भएन:गृह मन्त्रालय र अर्थ मन्त्रालयका सचिवहरू एकैपटक सेवानिवृत्त भए पनि गृहमा नयाँ सचिव पठाइएको छ भने अर्थ मन्त्रालयमा पठाइएको छैन । गृहमा प्रेमकुमार राई सेवानिवृत्त भएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरेर ल्याइएको छ । तर, अर्थमा खनाल सेवानिवृत्त भएको पाँच दिन बितिसक्दासमेत कसैलाई ल्याइएको छैन ।

गृहमा सचिव बन्न आधा दर्जन सचिव दौडधूपमा थिए तर अर्थमा भने खासै दौडधूप छैन । अर्थ मन्त्रालयमा हालका राजस्व सचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालमध्ये एकलाई ल्याउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकबाट