३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाललाई ओमानसंग बदला लिने सुनौलो अवसर



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज (आईतबार) नेपालले तेस्रो खेलमा ओमानसंग प्रतिस्पर्धा गर्नेछ । तीन दिन अघि नेपालले ओमानसंग खेल्दै सिरिजको सुरुवात गर्दा १८ रनले पराजित भएको थियो । नेपाल पहिलो खेलको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ । ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रनरेटमा ओमान भन्दा अघि छ ।

यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ ।नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन । हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन् । जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ । पछिल्ला ४ खेलमा नेपाल पराजित छ ।

ओमानविरुद्ध मैदान उत्रदै गर्दा अघिल्लो खेलमा गरेको गल्ती नदोहर्याउने योजना रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए । सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् ।खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।