१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

सरकारको विरोध गर्नुको अर्थ छैन: मन्त्री बाँस्कोटा

सरकारको विरोध गर्नुको अर्थ छैन: मन्त्री बाँस्कोटा
अ अ+ अ-

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।” पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भने ।

उनले भने, “लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि भन्दै आएको हो, अहिले आएर कोही लड्यो त हामीले रामराम भन्ने हो ।” मन्त्री बाँस्कोटाले भने, “भ्रष्टाचार गर्नुभएन, जनताको सम्पत्ति कहीँकतैबाट दुरुपयोग नहोस् ।” सुख र समृद्धि प्राप्त गर्न गर्भदेखि नै लगानी गर्न आवश्यक रहेकामा जोड दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भविष्यमा मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति भएकाले बालपुस्तालाई सही दिशानिर्देश गर्ने काममा लाग्न आम अभिभावक सचेत बन्न आग्रहसमेत गरे ।

उनले भने, “एउटा बालक राम्रो हुनुको अर्थ एउटा परिवार राम्रो हुनु हो, लाखौँलाख बालबालिका राम्रो हुनुको अर्थ सिङ्गो देश राम्रो हुनु भएकाले लगानी बालबालिकाको लागि गर्न आवश्यक छ ।” मन्त्री बाँस्कोटाले उत्पादनमा आम नागरिकलाई लाग्न आग्रह गर्दै कृषि उत्पादन, पर्यटन, पूर्वाधार र ऊर्जालगायतका क्षेत्रमा व्यापक काम गरिरहेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले विकासको पहिलो फड्को सडकबाट शुरु गरेको उल्लेख गर्दै ग्वार्को–शङ्खु दाहालटार र दाहालटार–कटुञ्जे चौकीडाँडा सडकखण्ड निर्माण अगाडि बढेको जानकारी दिए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले जिल्लाका १३५ वडामध्ये पाँचौँ नम्बरमा पर्न सफल भएको भन्दै वडा र नगरले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न राम्रो काम गरेको हुँदा अगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे। सो अवसरमा मन्त्री बाँस्कोटाले सो नगरपालिका वडा नं १ लाई बालमैत्री भएको उद्घोष गरे । समारोहमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न भूमिका खेल्ने सहजकर्ता, बालसमूह, बालक्लब र सहयोगी निकायलाई सम्मानका साथै जिल्ला समन्वय समितिको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।

साथै पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगद रु पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा नं १ भित्रका विभिन्न विद्यालयका बालक्लबका विद्यार्थीले गीत तथा नृत्य प्रदर्शन गरेका थिए । यसअघि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२, २ र ३ तथा धुलिखेल नगरपालिका वडा नं १० बालमैत्री स्थानीय शासन वडा घोषणा भएको थियो ।