१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

आध्यात्मिक शिक्षाले तनाव र भ्रष्टाचार अन्त्य गर्नुपर्छ: मुख्यमन्त्री गुरुङ



अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’को शिलान्यास गरेका छन्। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा उनले सो सेन्टरको शिलान्यास गर्दै समाजमा नैतिक चेतना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री गुरुङले आध्यात्मिक शिक्षामार्फत समाजमा तनाव र भ्रष्टाचार अन्त्य गर्न जोड दिए ।

माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलुले अध्यात्मको शक्तिले संसार बदल्न सक्ने भन्दै अहिंसाको साझा सङ्कल्पले समाजलाई सुन्दर बनाउने बताए । संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीताले दिव्य अनुभूति केन्द्र सबै आध्यात्मिक मनहरुको साझा घर भएकाले यसबाट दिव्यज्ञान फैलाएर समाजलाई सकारात्मक रुपान्तरण गर्न जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङ, विन्दुकुमार थापा संस्थाका सल्लाहकार राजयोगी दीपेन्द्र अधिकारी, संस्थाका महासचिव शैलेश बराल, ब्रम्हकुमारी दुर्गालगायतले शुभकामना दिएका थिए ।
शिला अनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायतका प्रस्तुतिहरु रहेको कार्यक्रम सञ्चालक राजयोगी ब्रकु शिशिर रेग्मीले जानकारी दिए ।