७ आश्विन २०८१, सोमबार
,
Latest
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आध्यात्मिक शिक्षाले तनाव र भ्रष्टाचार अन्त्य गर्नुपर्छ: मुख्यमन्त्री गुरुङ



अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’को शिलान्यास गरेका छन्। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा उनले सो सेन्टरको शिलान्यास गर्दै समाजमा नैतिक चेतना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री गुरुङले आध्यात्मिक शिक्षामार्फत समाजमा तनाव र भ्रष्टाचार अन्त्य गर्न जोड दिए ।

माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलुले अध्यात्मको शक्तिले संसार बदल्न सक्ने भन्दै अहिंसाको साझा सङ्कल्पले समाजलाई सुन्दर बनाउने बताए । संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीताले दिव्य अनुभूति केन्द्र सबै आध्यात्मिक मनहरुको साझा घर भएकाले यसबाट दिव्यज्ञान फैलाएर समाजलाई सकारात्मक रुपान्तरण गर्न जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङ, विन्दुकुमार थापा संस्थाका सल्लाहकार राजयोगी दीपेन्द्र अधिकारी, संस्थाका महासचिव शैलेश बराल, ब्रम्हकुमारी दुर्गालगायतले शुभकामना दिएका थिए ।
शिला अनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायतका प्रस्तुतिहरु रहेको कार्यक्रम सञ्चालक राजयोगी ब्रकु शिशिर रेग्मीले जानकारी दिए ।