३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनायकलाई प्याब्सक कप उपाधि



अ+ अ-

काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा विनायकले विट्स एकेडेमीलाई ६–२ गोलले पराजित गर्यो । विनायकका ‘म्यान अफ द म्याच’ स्कन्द पोखरेलले ४ गोल गरे । सतिश थापा र नितिश सहनीले १–१ गोल थपे । विट्स एकेडेमीका साम्देन तामाङ र रिसोप प्रधानले १–१ गोल फर्काए ।

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा तेश्रो स्थानका लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ गोलले हरायो । विजेताले १० हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाए । तेश्रो हुनेले ७ हजार तथा चौथोले ५ हजार नगद पुरस्कार हात पारे ।विट्सका अशोक मगर उत्कृष्ट खेलाडी, विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक, विनायकका सतिश थापा उत्कृष्ट डिफेन्डर र विनायकका आनन्द क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए । विनायकका स्कन्द पोखरेल अनुशासित खेलाडी चुनिए भने विट्सका रिसोप प्रधान उदीयमान खेलाडी ठहरिए ।

विजेतालाई प्रदेश सांसद् नरोत्तम वैद्य, आयोजक प्याब्सकका अध्यक्ष गेन्द्र लामा, लुम्बिनी एकेडेमिक फाउन्डेसनका प्रबन्ध निर्देशक रविचन्द्र कोइराला, काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, एन प्याब्सनका केन्द्रीय कोषाध्यक्ष प्रताप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।