४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

विवादका कारण खेलकुद मन्त्री गुप्ताले गरे अमेरिका भ्रमण स्थगित

विवादका कारण खेलकुद मन्त्री गुप्ताले गरे अमेरिका भ्रमण स्थगित
फाइल फोटो
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय भएको अमेरिका भ्रमण स्थगित गरेका छन्।

मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार भिसालगायतका प्रक्रिया पूरा गर्न समय अपुग भएकाले हाललाई अमेरिका नजाने निर्णय गरिएको हो। “प्रक्रियाका लागि समय लाग्ने भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,” रिमालले बताए।

यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ विषयक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएको थियो।

उक्त कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए समूहले आयोजना गर्न लागेको दाबी गरिएको थियो। तर सतेन्द्र शाह नेतृत्वको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई नबोलाइएको भन्दै विज्ञप्ति जारी गरेपछि भ्रमण विवादमा परेको थियो।

मन्त्री गुप्ताको भ्रमण तालिका अन्तिम रूपमा पक्का नभएकाले कार्यक्रमको मिति र स्थान पनि तय हुन सकेको थिएन। माघ ६ मा प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै नेपाल फर्कने योजना पनि भ्रमण स्थगनको अर्को कारण बनेको जनाइएको छ।