२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल



अ+ अ-

मान्म । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो । परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए ।

“विमानस्थलमा परीक्षण उडान मात्र गरियो”, उनले भने, “त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।” सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीले एक दिनको पैदल दूरी हिँडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । “यस पालिकालाई अहिलेसम्म पनि सडक सञ्जालले छोएको छैन ।”

विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताए । “विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो”, उनले भने, “अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि यसलाई चुनावी नारा बनाइएको छ ।”