५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन्द्र र रास्वपामा विचार र दृष्टिकोणको खडेरी छ : अग्निप्रसाद सापकोटा



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले रुचाएको नदेखिएको बताउनुभएको छ ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव पार्टीले अघि सारेको भएपनि काँग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताउनु भयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताउनु भयो । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा सदस्यमा काँग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पँक्ती र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरु आइ नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरुसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ । फेरी यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरुले चुन्ने निर्वाचन भएको हुनाले यो अरु निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँड हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरुमा मिल्ने छाँट देखिएन । हामी आगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’

विगतमा अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्न आफूहरुको पहचिान स्थापित हुन नसकेको उहाँको स्वीकारोक्ति छ । उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुभयो । उहाँले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गर्नुभयो । राजनीतिक दलहरुमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उहाँको जिकिर छ । सापकोटाले महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्विक असर नपार्ने बताउनु भयो । यद्यपि पार्टी विभाजन हुनुभन्दा एकतावद्ध हुनु पार्टीका लागि लागि हितकर हुने भन्दै विभाजिततर्फ नजान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको आन्तरिक कुरा हो अब त्यो कसरी जान्छ उनीहरुमै भर पर्ने कुरा पनि भयो । तर पार्टी  फुटनु भन्दा एकतावद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भएपनि फुट र विभाजन हुनुभन्दा एकतावद्ध हुनु नै राम्रो हो । मलाई जहाँसम्म लाग्न काँग्रेस नेताहरुले कुनै न कुनै उपाय खोजेर एकतावद्ध हुन्छन् होला । अब काँग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्विक अन्तर पर्दैन ।’

नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकटलाई निकास दिनसक्ने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल