२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल ठक्करमा दुई जनाको मृत्यु



अ+ अ-

जनकपुरधाम । मोटरसाइकललाई बसले ठक्कर दिँदा सिरहामा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डलको मृत्यु भएको हो ।

सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।