४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

आजदेखि गैँडाकोट महोत्सव

आजदेखि गैँडाकोट महोत्सव
अ+ अ-

नवलपुर । चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै हुनुहुन्छ ।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले महोत्सवस्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणसहित सुरक्षा प्रबन्ध तथा अन्य काम सकिएको बताउनुभयो । कँडेलले यस संस्करणको महोत्सवस्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिनुभयो ।

महोत्सव सचिवालय संयोजक एवं सङ्घका महासचिव तेजनारायण पाण्डेले सचिवालयले सबै काम पूरा गरी उद्घाटनको तयारीमा जुटेको जानकारी दिनुभयो । आज बिहान गैँडाकोट नगरपालिकाबाट बृहत् शोभायात्रा निकाली महोत्सव परिसरसम्म आउने गरी तयारी भइरहेको भन्दै पाण्डेले नगरपालिकाभित्रका सबै सङ्घसंस्थालाई पत्राचार गरिएको बताउनुभयो । शोभायात्रामा सहभागी हुने धार्मिक सङ्घसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका सङ्घसंस्था तथा विभिन्न सामाजिक सङ्घसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकीसहित शोभायात्रामा सहभागिता जनाउने पाण्डेको भनाइ छ ।

सङ्घका वरिष्ठ सदस्य एवं महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको बताउनुभयो । महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ‘ब्यानर’ एवं ‘फ्लेक्स’ निर्माण गरी राखिएको सापकोटाले बताउनुभयो । यसपटकको महोत्सव अरु समयको भन्दा फरक हुने भन्दै सापकोटाले यस महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनुभयो ।

सङ्घका अध्यक्ष एवं महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिनुभयो । “कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेको कृषिउपजलाई महोत्सवमा निःशुल्क स्टल प्रदान गर्दैछौँ”, उहाँले भन्नुभयो, “यसले कृषकलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।” काउली, मुला, गाजर, साग, बन्दालगायतका सामग्रीहरु कृषकले प्रदर्शनीमा राख्ने उहाँको भनाइ छ ।

कृषकहरुले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा सहयोग पु¥याउँदै पेसामा टिकाउका लागि उनीहरुको उत्पादन निःशुल्क प्रवद्र्धन गर्न लागिएको सापकोटाले बताउनुभयो । दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसीटिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ । महोत्सव अवलोकनका लागि रु १०० को टिकटको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको लागि रु ७० को टिकटको व्यवस्था गरिएको भन्दै महोत्सव संरक्षक सापकोटाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवं शैक्षिक संस्थाबाट संस्थागत रुपमा चिठी लिएर आउने विद्यार्थीहरुलाई महोत्सव प्रवेश निःशुल्क गरिएको जानकारी दिनुभयो । रासस