१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमाले चुनावी गठबन्धन तयारी



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलकाबीच नै गठबन्धन भएपछि त्यसलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गठबन्धन दलबीच गृहकार्य थालिएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन बनाएर चुनावमा सहभागी हुने प्रमुख दलबीच छलफल सुरु भएको हो ।

तीन विकल्पमा छलफल गर्दै देउवा–ओली

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच चुनावी गठबन्धन छलफल भइरहेको छ । जेनजी आन्दोलनपछि नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलबीच पनि चुनावी गठबन्धन गर्ने छलफल सुरु भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

यस गठबन्धनमा जनता समाजवादी पार्टी पनि सहभागी छ । राष्ट्रिय सभा निर्वाचनका लागि सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहितको गठबन्धन भएको थियो । तर प्रचण्ड नयाँ दिल्लीबाट फर्किएसँगै त्यो गठबन्धनबाट नेकपा बाहिरियो । सिट बाँडफाँटमा सहमति नभएपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस र एमाले पनि नजिकिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग गठबन्धन नगर्न पार्टीभित्रैबाट महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताले दबाब दिँदै आएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गर्दै आएका देउवा गठबन्धन गर्न सहमत भएका हुन् । देउवा र ओलीबिच प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन’दयगत छलफल भइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन भइसक्यो । यो चुनावी गठबन्धन प्रतिनिधिसभा निर्वाचनका लागि पनि हुनसक्छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसबारे निरन्तर छलफल भइरहेको छ । ‘जहाँ कांग्रेस र एमाले उम्मेदवारलाई अरु पार्टीले जित्ने सम्भावना छ, त्यहाँ अनिवार्य गठबन्धन हुन्छ । जुन सिटमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने र कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने निश्चित छ त्यहाँ गठबन्धन नहुन सक्छ,’ स्रोत भन्छ ।

देउवा र ओलीबिच भक्तपुर–१ बाहेक सबै क्षेत्रमा गठबन्धन गर्ने छलफल भइरहेको छ । १ सय ६४ सिटमा कांग्रेस र एमालेले ८२÷८२ सिट लिनेगरी छलफल भइरहेको छ । त्यस्तै, जुन सिटमा कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने निश्चित छ । त्यहाँ मित्रवत प्रतिस्पर्धा गर्ने र बाँकीमा आधा–आधा सिट भागबण्डा गर्ने दोस्रो विकल्प समेत छलफल भइरहेको छ । यसैगरी, तेस्रो विकल्पका रूपमा २०७९ को निर्वाचनमा आफूहरू दुई वटामध्ये जुन पार्टीले जितेको हो ।

त्यो निर्वाचन क्षेत्रमा त्यही पार्टीलाई सघाएर बाँकी रहेका सिटमा पनि मत प्रतिप्रतिशतका आधारमा भागबण्डा गर्ने प्रस्तावमा समेत देउवा र ओलीबीच छलफल भएको छ । यी प्रस्तावसहित १ सय ६५ वटै निर्वाचन क्षेत्र गहन अध्ययन गर्न दुबै पार्टीका नेता जुटेका छन् । देउवा र ओलीबीचमा भएको छलफलमा सय सिटमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेको र बाँकी सिटमा नेकपा, रास्वपा, राप्रपा, जसपा, आजपा, जनमतसहितका दलसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

सहरी क्षेत्र ९काठमाडौं उपत्यका०मा रास्वपासँग प्रतिस्पर्धा हुनसक्ने देउवा र ओलीको अनुमान छ । सुदूरपश्चिमसहित कर्णालीमा नेकपासँग र मधेशमा जसपा, आजपा, जनमत तथा पूर्वमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता
मुलुकमा चुनावी चहलपहल बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष ओलीबीच बिहीबार तीन घण्टा भन्दाबढी भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्की र ओलीबीच पहिलोपटक ‘वान टु वान’ भेटवार्ता भएको हो । जेनजी आन्दोलनपछि सत्ता गुमाएका ओलीले कार्की नेतृत्वको सरकारलाई अवैध एवं असंवैधानिक भन्दै आएका छन् ।

साथै, उनी प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै अदालतसमेत पुगेका छन् । सरकार अवैध भएको आक्रोश पोख्दै आएका ओलीले यसबीच कार्कीसँग सामूहिक रूपमा समेत भेटघाट गरेका छन् । यसअघि ओलीले दुई पटक कार्कीसँग भेटघाट गरिसकेका छन् । बुधबार नै ओलीले एक सार्वजनिक कार्यक्रममा सरकारले चुनाव गराउने वातावरण नबनाएको भन्दै आलोचना गरेका थिए ।

सरकारको आलोचना गरेको एक दिन बित्न नपाउदै कार्की र ओलीबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । यसअघिको भेटवार्तामा ओलीले नेताहरूलाई स्थानहद तोकेर निर्वाचन सम्भव नभएको टिप्पणी गर्दै आएका थिए । हालै आयोगले ओलीसँग बयान लिएपछि स्थानहद समेत फुकुवा गरिसकेको छ । त्यसपछि कार्की र ओलीबीच सौहार्दपूर्ण भेटघाट भएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्की र ओलीका बीचमा आगामी चुनाव केन्द्रित छलफल भएको हो । राजधानी दैनिक