२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषित, प्रहरीको अनुमान ‘आत्महत्या’



अ+ अ-

काठमाडौँ । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिशवाबु जोशीका अनुसार सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ‘स्टार अस्पतालका चिकित्सकहरुले कार्कीको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन् ।’ उनले भने

सोमबार बिहान सानेपास्थित निवासमा रगतले लतपतिएर अचेत अवस्थामा भेटिएकी थिईन । उनलाई त्यस अवस्थामा भेटेपछि तत्कालै स्टार अस्पतालमा उपचारका लागि लगिएको थियो ।उनीसँगै कामदार विजय चौधरी समेत निवासमा मृत फेला परेका थिए । उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

उनको शवमा कुनै चोटपटक भने छैन जसकारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।