१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासलसँगको हारपछि एक खेल बाँकी हुँदै रेलिगेसनमा सरस्वती



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (सोमबार) भएको खेलमा सरस्वती युथ क्लब, च्यासल युथ क्लबसँग पराजित भएपछि एक खेल अगावै रेलिगेसनमा परेको छ ।सरस्वती च्यासलसँग २–१ ले पराजित भएको हो। हारपछि १२ खेलबाट ४ अंक मात्र रहेको सरस्वती १४ क्लब सम्मिलित लिगमा पुछारमा छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको हो ।

एपीएफले १२ खेलबाट ८ अंक जोडेर १३औं स्थानमा रहेको छ । लिगमा अब एक बाँकी रहेको सरस्वतीले अन्तिम खेल जिते पनि एपीएफलाई भेट्ने छैन । टाइगा नाकामुराले खेलको १८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए । ६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाउन सफल रहे ।

तर सरस्वतीका कजीम बुसारीले अतिरिक्त समयमा सान्त्वना गोल गरे । जितपछि १२ खेलबाट १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।