१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

नेपालकै पहिलो ‘आर्क ब्रिज’ निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो ‘आर्क ब्रिज’ निर्माण  अन्तिम चरणमा
अ अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ । निर्माण व्यवसायीले केही समयमै रङ्गरोगन र सडक कालोपत्र गर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । सडकमा राखिने बत्ती डिजाइनमा उल्लेख भएभन्दा फरक राख्नका लागि छलफल भइरहेको छ ।

उनले भने, “अन्तिम काम सकिएपछि अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।” एउटै ठेक्का मार्फत मुख्य लेनको दायाँबायाँ पुल निर्माण भइरहेकामा अघिल्लो वर्ष नै सम्पन्न भएर एउटा सञ्चालनमा आएको छ । एउटै समयमा र उस्तै डिजाइनमा निर्माण गर्ने भनिएको तीनकुनेस्थित वाग्मती पुलको काम भने अघि बढेको छैन ।

बिजुलीबजार पुल निर्माणका लागि विसं २०७१ पुसमा जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी लिएको थियो । तीन वर्षमा सक्ने गरी पहिलोपटक ठेक्का सम्झौता भएको थियो । तोकिएको अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले पुसम्मका लागि एक वर्ष अवधि थपेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।