२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामदारले नै पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या गरेको सीसीटीभीमा भेटियो



अ+ अ-

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो । प्रहरी स्रोत भन्छ, ‘सीसीटीभीमा वारदातको समयमा चौधरीले कार्कीमाथि पिर्काले हिर्काएको र घाँटी कसेको देखिएको छ ।’

सोमबार बिहान सानेपास्थित निवासमा मुना कार्की रगतले लतपतिएर अचेत अवस्थामा भेटिएकी थिईन । उनलाई त्यस अवस्थामा भेटेपछि तत्कालै स्टार अस्पतालमा उपचारका लागि लगिएको थियो । उनीसँगै कामदार विजय चौधरी समेत निवासमा मृत फेला परेका थिए । उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।