२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ लाईसेन्स नीति: अब यी प्रावधान बिना लाईसेन्स नपाईने…



अ+ अ-

काठमाडौं । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । तर यसलाई बढाएर १८ वर्षमा लग्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विभागले लाइसेन्सको समय सीमामा समेत फेरबदल गर्न लागेको छ । हाल हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई अब बढाएर १० वर्ष कायम गर्ने तयारी पनि गरेको छ । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको पाईएपछि सो व्यवस्था ल्याउन लागेको हो । कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ ।

त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उनले भने, ‘मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।’ चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले बताए ।