२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा नुवाकोट जिल्लामा माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण



अ+ अ-

भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङमा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन आज भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित भएका थिए ।

भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेका थिए । नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६) साल मा स्थापना भएको हो । विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताईएको छ । भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन्।

यस विद्यालयकोतीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्लेशैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भारत सरकार भूकम्प पश्चातको पूनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताईएको छ ।