२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा नुवाकोट जिल्लामा माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण



अ+ अ-

भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङमा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन आज भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित भएका थिए ।

भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेका थिए । नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६) साल मा स्थापना भएको हो । विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताईएको छ । भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन्।

यस विद्यालयकोतीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्लेशैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भारत सरकार भूकम्प पश्चातको पूनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताईएको छ ।