११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ? उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चिकित्सक संघमा कांग्रेसको वर्चस्व, कस्ले कति ल्याए ?



अ+ अ-

काठमडौं । नेपाल चिकित्सक संघमा एक जना सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस निकट डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको छ । हालै सम्पन्न संघको निर्वाचनको मत परिणाममा सबैभन्दा बढी मत डा लोचन कार्कीले अध्यक्षमा ल्याएका छन् । संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो। जसमा डा कार्कीले ४ हजार १११ मत ल्याए । डा कार्कीले आफ्ना प्रतिस्पर्धी डा पुष्पमणि खरालभन्दा २ हजार १३२ मत बढी ल्याएका हुन्।

नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट डा लिजन महर्जन मात्र सदस्यमा विजयी भएका हुन्। डा महर्जनले २ हजार ८७२ मत ल्याएका छन्। डा महर्जनले लोकतान्त्रिक समूहका डा विक्रान्त ढकाललाई २८६ मतले पछाडी पार्दै विजयी भएका हुन्। अध्यक्षमा विजयी डा कार्कीपछि सबैभन्दा धेरै मत उपाध्यक्षमा विजयी भएका डा अनिल कार्कीको मत आएको छ। उनको ३ हजार ९४५ मत आएको छ।

त्यसपछि सबैभन्दा धेरै मत ल्याउनेमा सहकोषाध्यक्षमा विजयी डा विश्वराज दवाडीले ३ हजार ९३५ मत ल्याएका छन् । यस्तै, सहसचिवमा विजयी डा निरजकुमार सिंहको ३ हजार ७९० मत आएको छ। सदस्यमा सबैभन्दा धेरै ३ हजार ७१७ मत ल्याएर डा रितेश थापा विजयी भएका छन्। त्यसपछि डा नन्दाकुमारी गुरुङको ३ हजार ३१६ मत आएको छ।